माइकलको सानदार शतकमा नेपाललाई नामिबियाको बलियो लक्ष्य

माइकलको सानदार शतकमा नेपाललाई नामिबियाको बलियो लक्ष्य

केन्द्रबिन्दु
42
Shares

नामिबियाले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । 

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २८५ रन बनाउँदै अलआउट भएको हो । नामिबियाका लागि शीर्षक्रमका ब्याटर माइकल भान लिंगेनले सानदार शतकिय इंनिङ्स खेले । उनले १३७ बलमा १३३ रन प्रहार गरेका हुन् । 

साथै कप्तान जेरार्ड इरास्मसले ५६ रन जोडे भने जेन ग्रीन ३४ रनमा आउट भए । । 

बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट लिए भने सोम्पाल कामी र कुशल मल्लले एकएक विकेट लिए । 

प्रतियोगितामा नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ भने नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक सहित तेस्रो स्थानमा छ ।  

Logo