टी-२० महिला विश्वकपः उपाधिका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

टी-२० महिला विश्वकपः उपाधिका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । 

केप टाउनमा नेपाली समय अनुसार राति पौने ७ बजे हुने उपाधि भिडन्तमा घरेलु टोली दक्षिण अफ्रिका र अष्ट्रेलिया आमने सामने हुन लागेका छन् । महिला टी-२० विश्वकपको यो आठौं संस्करण हो । आठौं संस्करणसम्म आइपुग्दा अष्ट्रेलिया सात पटक फाइनलमा पुगेको छ भने ५ पटक त उपाधि नै जितेको छ । पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले दोस्रो पटक उपाधिको ह्याट्रिक गर्ने लक्ष्यमा रहने छ । दक्षिण अफ्रिका पनि पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहने छ । आयोजक दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।  

हेड-टू-हेडका आधारमा अष्ट्रेलिया हावी देखिन्छ । फाइनल खेल्न लागेका यी दुई टोलीबीच हालसम्म ६ खेल भएका छन् जसमा सबै अष्ट्रेलियाले जितेको छ । यी सबै खेल विश्वकपमा खेलिएका छन् । दुई टोलीबीचका ३ खेल स्थगित भएका छन् । जारी विश्वकपकाे एउटै समूहमा रहेका यी दुई टिम समूह चरणमै भिडेका थिए । जसमा अष्ट्रेलिया ६ विकेटले विजयी भएकाे थियाे ।

Logo