स्पेनिस ला-लिगामा बार्सिलोनाकाे अग्रता कायमै

स्पेनिस ला-लिगामा बार्सिलोनाकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला-लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले आफनो अग्रता कायमै राख्न सफल भएको छ। बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्दै आफनो अग्रता कायमै राखेको हो । 

आइतबार बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका फेरान टोरेसले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै अन्ततः निर्णायक बन्न पुग्यो ।  उनले गरेको एकमात्र गोल तीन अंकका लागि निर्णायक बनिदिा बार्सिलोनाले ३० खेलबाट ७६ अंक जुटाउन सफल भएको छ भने एट्लेटिको म्याड्रिडको ६० अंकमा सिमित रहन पुगेको छ ।

Logo