आईपीएलमा गुजरातसँग बेङ्गलाेर पराजित

आईपीएलमा गुजरातसँग बेङ्गलाेर पराजित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले रोयल्स च्यालेन्जर्स बेङ्गलाेरलाई ६ विकेटले हराएको छ।

१ सय ९८ रनको लक्ष्य पाएको गुजरातले ५ बल बाँकी छँदै लक्ष्य भेट्टायो। गुजरातका लागि शुभमन गिलले शतक बनाए। उनले सर्वाधिक १ सय ४ रन बनाए।

यस्तै विजय शंकरले ५३ र रिद्धिमान साहले १२ रन बनाए। बेङ्गलाेरका मोहम्मद सिराजले २ विकेट लिए भने विजयकुमार वैश्यक र हर्शल पटेलले १/१ विकेट लिए।

वर्षाका कारण हिजो आइतबार राति ढिलो गरी सुरु भएको खेलमा बेङ्गलाेरले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९७ रन बनायो। बेङ्गलाेरका लागि विराट कोहलीले शतक बनाए। उनले १ सय १ रन जोडे तर टिमलाई जिताउन सकेनन्।

यस्तै बेङ्गलाेरका फाप दु प्लेसिसले २८, माइकल ब्रेसवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन जोडे। गुजरातका नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र राशिद खानले १/१ विकेट लिए ।

याे हारसँगै बेङ्गलाेर प्रतियोगिताबाट बाहिरिएको छ भने मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ। याे सँगै मुम्बईमा पुग्नै चार वटै टिमकाे टुङ्गाे लागेकाे छ। 

Logo