काठमाडौं ।
स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले लिगमा लगातार नवौं जित निकालेको छ । रियलले पछिल्लो खेलमा ग्रानडालाई २,१ गोल अन्तरले पराजित गरेको हो ।
रियलले खेलको पहिलो हाफमै दुई गोल गरेको थियो । जुन जितका लागि पनि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए भने ग्रानडाका डार्विन माचिसले एक मात्र गोल गरे ।
खेलको दशौं मिनेटमा रियल म्याड्रिडले अग्रता बनाएको थियो । अग्रता लिएको अर्को ६ मिनेटमै रियल २,० ले अगाडी बढेको थियो । दोस्रो हाफको ५ मिनेटमा घरेलु टोली ग्रानडाले जवाफी गोल फर्काएको थियो । तर यो जितका लागि पर्याप्त हुन भने सकेन ।
यो जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ ।





























प्रतिक्रिया