एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो सुरुवात गरेको छ ।
कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तान पहिलो १० ओभरमा २ विकेट गुमाएको हो । पहिलो विकेटका रुपमा नेपाली बलर पवन सर्राफले पाकिस्तानका ओपनर ब्याट्सम्यान हसिबुल्लाहलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुल्सन झाद्वारा क्याच गराए । त्यस्तै, नवौं ओभरको दोस्रो बलमा पवनले नै अर्का ओपनर सैम अयुवलाई २४ रनमा सन्दीप जोरामार्फत क्याच आउट गराए ।
हाल पाकिस्तान २ विकेटको क्षतिमा ५८ रन बनाएर खेलिरहेको छ ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अलआउट भयाे । पाकिस्तानका तीव्र गतिका बलरसामु नेपालका खेलाडी क्रिजमा टिकिरहन सकेनन् ।
नेपालका लागि बलर सोमपाल कामीले नवौं नंबरमा ब्याटिङमा उत्रिएका सोमपाल कामीले सर्वाधिक अर्धशतकीय इनिङ खेले । उनले १०१ बलमा ९ चौका र २ छक्काको मदतमा ७५ रन जोडे । उनको यो इनिङले नेपाललाई ठूलो राहत मिल्यो । १३० रनमै ९ विकेट गुमाएको नेपालका लागि ललित राजवंशीसँग सोमपालले राम्रो साझेदारी गरे ।
त्यस्तै, प्रतिश जिसीले २४ बलमा २ छक्काको मदतमा २६ रन जोडे ।
पहिलो ओभरमै ३ चौकासहित १२ रन जोडेर सानदार सुरुवात गरेको नेपालले पछि लगातार विकेट गुमाउन पुगेको थियो । नेपालका शिर्षक्रमका कुनै पनि ब्याटरले जिम्मेवारी ढंगले ब्याटिङ गर्न सकेनन् ।
दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड आउट हुँदा चौथो ओभरको अन्तिम बाउन्सर बलमा आशिफ शेख १२ रनमा क्याच आउट हुन पुगे । साथै पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४३ रनमा आउट भए भने अर्जुन साउद १७ रन तथा भीम सार्की शून्यमा बोल्ड आउट भए ।
कुशल मल्लले १७ रन बनाउँदा गुल्सान झाले १३ रन जोडे । लामोसमय पछि आज मौका पाएका पवन सर्वाफ पनि एक रनमै पवेलियन फर्किए ।
बलिङमा पाकिस्तानका युवा तीव्र गतिका बलर शाहबाज दाहानीले एक्लैले ५ विकेट लिए । साथै मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । दाहानी र जुनियर दुबै पाकिस्तानको नियमित टोलीबाट खेल्दै आएका छन् । तर, शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह हुँदा उनीहरुले कम मौका पाउने गर्दछन् ।
त्यस्तै, मुवासिर खानले एक विकेट लिए ।
प्रतिक्रिया