विश्वकप छनोटमा नेपाललाई धक्काः घाइते दीपेन्द्रले सबै खेल गुमाउने सम्भावना

विश्वकप छनोटमा नेपाललाई धक्काः घाइते दीपेन्द्रले सबै खेल गुमाउने सम्भावना


नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटका खेल गुमाउने सम्भावना उच्च बनेको छ ।  

सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्ने क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई चिकित्सकहरुले केही दिन आराम गर्न सुझाव दिएका छन् । 

स्वास्थ्य परिक्षणपछि उनी वैशाखी टेकेर टीयु ग्राउन्ड फर्किएका थिए ।  

विश्वकप छनोट एक हप्ता मात्र चल्ने प्रतियोगिता हो । त्यसकारण पनि दीपेन्द्रले एसिया क्षेत्र छनोटका खेल गुमाउने सम्भावना उच्च बनेको हो । मैदानमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा अब्बल रुपमा प्रस्तुत हुने उनी नहुँदा नेपाललाई ठूलो घाटा पर्ने देखिन्छ । टोलीमा उनको रिप्लेसमेन्ट पनि सहज छैन । आज उनको स्थानमा विवेक यादवलाई टीममा समावेश गरिएको थियो । तर, विवेकले बलिङ र ब्याटिङ दुवै गर्न पाएनन् ।

नेपालले आज पहिलो खेलमा सिङ्गापुरमाथि ८ विकेटको जित हात पार्दै सानदार सुरुवात गरेको छ । समूहमा नेपालले अब मलेसिया र ओमानसँग खेल्नेछ । 

कुशलको अर्धशतकमा विश्वकप छनोटमा नेपालको सानदार विजयी सुरुवात, सिङ्गापुर स्तब्ध

Logo