एन्फा अध्यक्ष कर्माछिरिङ भन्छन्– ‘गलत मनसाय हैन, चोट पुगे माफ पाउँ’

एन्फा अध्यक्ष कर्माछिरिङ भन्छन्– ‘गलत मनसाय हैन, चोट पुगे माफ पाउँ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका समुदायमाथि राष्ट्रियताको प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फा अध्यक्ष शेर्पाले कुनै पनि भाषा, वर्ग, धर्म, लिङ्ग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने अभिप्राय नभएको भन्दै आफ्नो शब्दावलीबाट चोट पुगेको खण्डमा माफी मागेका छन् ।

शेर्पाले अन्तरवार्तामा आफ्नो भावना भन्दा पनि शाब्दिक अर्थमा धेरै ध्यान दिईएको भन्दै कुनैपनि क्षेत्र, भूगोल र सम्प्रदायलाई ठेस पुर्याउने मनसाय नभएको प्रष्ट पारेका हुन् ।

एक अनलाईनलाई दिएको अन्तरवार्ता अनुसार तराईका समुदायमाथि राष्ट्रियताको बिषयमा प्रश्न उठाएको भन्दै एन्फा अध्यक्ष विवादमा तानिएका थिए । एन्फा अध्यक्ष शेर्पाले तराईका विभिन्न जिल्लामा ग्रासरुट कार्यक्रम सञ्चालन गर्नुका साथै रौतहटमा फिफाको मुख्य परियोजनाको रुपमा महिला फुटबल एकेडेमी निर्माण गरेको भन्दै तपाईको फुटबल विकासमा आफु र वर्तमान कार्यसमिति दृढ रहेको बताएका छन् ।

उनले आफ्नो अभिब्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भूगोलप्रति लक्षित नगरेको र नभएको उल्लेख गरेका छन् । ‘मेरो भनाइलाई तोडमोड गरि फुटबल प्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबल विकासको गतिमा अवरोध पुर्याउने योजना मुताबिक आएको बुझ्न अनुरोध गर्दछु ।’ उनले बिज्ञप्तीमा भनेका छन् ।

अन्तरवार्तालाई लिएर प्रतिनिधि सभाको संसद बैठकमा समेत प्रश्न उठेपछि शेर्पा समस्यामा परेका थिए ।

Logo