एजेन्सी ।
इंग्ल्यान्डको फुटवल एसोसियसन (एफए) ले टोटेनहमका मिडफिल्डर एरिक डायरलाई जरिवाना गरेको छ । गत मार्चमा भएको एफए कप फुटवल अन्तर्गत नर्विचसँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै एरिकलाई जरिवाना गरिएको एफएले जनाएको छ ।
एफएले उल्लेख गरेको छ–‘एफएको नियम ई–३ उल्ङघन गरेको कारण एरिक डायरलाई जरिवाना गरिएको छ ।’ एफए कपको पाँचौं चरणको खेलमा एरिक दर्शक बस्ने सिटतर्फ चढेर गएका थिए । उक्त खेल टोटेनहमले पेनाल्टीमा ३–२ ले गुमाएको थियो ।
एफएले उनलाई मे ८ भित्र जरिवाना विरुद्ध प्रतिक्रिया दिन समेत भनेको छ । इंग्ल्यान्डका मिडफिल्डरलाई समर्थकले दुव्र्यवहार र जिस्काएको कारण उनले त्यसो गरेको बताईएको छ । टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनलाई कसैले दुव्र्यवहार गरेको अथवा उनको परिवार कोहि भएको कारण त्यहाँ गएको बताएका थिए ।





























प्रतिक्रिया