फिफा वरियतामा नेपाल यथावत्

फिफा वरियतामा नेपाल यथावत्

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १७० औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७० औँ स्थानमै रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८ औँ स्थानमा रहँदा माल्दिभ्स १५५ औँ स्थानमा रहेको छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९ औँ स्थानमा छ भने बङ्गलादेश १८७ औँ स्थानमा छ । त्यसैगरी पाकिस्तान २०० औँ स्थानमा रहँदा श्रीलङ्का २०६ औँ स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।रासस

Logo