‘चैत्र २६ लाई दीनदुःखीको सहयोग गर्दै प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउँ’ : काँग्रेस नेता जोशी

‘चैत्र २६ लाई दीनदुःखीको सहयोग गर्दै प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउँ’ : काँग्रेस नेता जोशी


काठमाडौँ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिनलाई दीनदुःखी र असहायलाई सहयोग गरेर मनाउन आह्वान गरेका छन् ।

प्रजातन्त्र पुनर्स्थापना दिवसका अवसरमा उनले लोकतान्त्रिक व्यवस्था मान्ने तथा यसका अनुयायीहरुले दीनदुःखी र दैनिकी गुजारा गर्न मुस्किल परेकाहरुलाई सहयोग गरेर प्रजातन्त्र पुनर्स्थापना दिवस मनाउन आह्वान गरेका हुन् ।

एक आह्वान पत्र सार्वजनिक गर्दै जोशीले प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहको सम्झना पनि गरेका छन् । सिंहले परोपकार र निःस्वार्थ सेवानै राजनीतिकर्मीको धर्म हो, त्यो धर्म सबैले पालना गर्नुपर्ने भनेको र आफूले पनि उनको वचनलाई चिरस्थायी बनाउने काम गरिरहेको जोशीले बताएका छन् । जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

साथै उनले कोरोनाबिरुद्ध लड्न सामाजिक दूरी कायम गर्दै , सरकार र विश्वस्वास्थ्य संगठनका आचारसंहिता पालना गर्न समेत सबैलाई आह्वान गरेका छन् ।

Logo