काठमाडौं ।
माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ ।
गत शनिबारदेखि काठमाडौँको कीर्तिपूरस्थित अन्तराष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाईनल खेलमा भारतिय राजदुताबास लाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो।
भारतीय राजदूतावासको लागि सुभाससिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्री वास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए।
यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो।
कामनाको लागि हेमन्त श्री वास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।





























प्रतिक्रिया