इटालिएन सिरी एमा शीर्ष स्थानमा रहेको एसी मिलानले बुधबार सिजनको पहिलो लिग हार बेहोरेको छ । युभेन्टसले उसलाई सानसिरोमा ३–१ ले हराएको हो ।
युभेन्टसका लागि फेडरिको चिसाले दुई गोल गरे भने अर्को गोल वेस्टन म्याककेनीको नाममा रह्यो । डाविड कालाब्राले मिलानका लागि एक गोल गरे ।
हारका बावजुद मिलान १६ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमै छ भने युभेन्टस चौथो स्थानमा उक्लेको छ । उसको अब ३० अंक भएको छ ।





























प्रतिक्रिया