काठमाडौं ।
शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको मनाङ मर्स्याङ्दी क्लबले सोमबार दशौँ चरणको खेल बलियो प्रतिद्वन्द्वी च्यासल युथ क्लबसँग खेल्दैछ । साविक विजेता तथा यस सिजनको अपराजित एक्लो टिम मनाङले ५ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ ।
सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्ने अभियानमा रहेको मनाङलाई आजको खेल जित्नै पर्ने अवस्था छ । ९ खेलबाट १९ अंकसहित मनाङ तेस्रो स्थानमा छ ।
च्यासलविरुद्ध मनाङ छैठौं जितको खोजीमा हुनेछ । मनाङले च्यासललाई पराजित गरेमा मछिन्द्रसँग अंक बराबरी गर्नेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।





























प्रतिक्रिया