महिला फुटबल : नेपाल र बहराइनको खेल बराबरीमा

महिला फुटबल : नेपाल र बहराइनको खेल बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।

बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गरेकी थिइन् ।

तीन वटा मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

Logo