१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा नेपालकी चन्द्रकला थापाले कास्य पदक जितेकी छन्।
सातदोबाटोस्थित कराते हलमा जारी बक्सिङको महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा चन्द्रकला श्रीलंकाकी कृष्मी अयोमा डुलान्जसँग अंकका आधारमा पराजित भएपछि कांस्य पदकमा सिमित भएकी हुन् ।
यसैगरी पुरुष ५२ केजी ताैल समूहमा पनि नेपाली बक्सर जेजबहादुर देउवा कांस्य पदकमा सिमित भए। देउवा भारतका स्पर्ष कुमारसँग सेमिफाइनलमा अंकका आधारमा पराजित भएका थिए।





























प्रतिक्रिया