१३ औँ साग : फुटबलमा आज नेपाल र माल्दिभ्स भिड्ने

१३ औँ साग : फुटबलमा आज नेपाल र माल्दिभ्स भिड्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज १८ वटा खेलहरु भइरहेका छन् । फुटबलमा आज नेपाल र माल्दिभ्स भिड्दै छन् ।

आज हुने खेलहरुमा एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ र सुटिङ छन् । त्यस्तै टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारोत्तोलन र फेन्सिङमा प्रतिस्पर्धा हुनेछ । आज एथ्लेटिक्स अन्तर्गत म्याराथन पनि सकिएको छ। जसमा पुरुष तर्फ नेपालले स्वर्ण र महिला तर्फ रजत पदक पाएको छ ।

जनकपुरमा शुक्रबारदेखि सागमा कुस्ती खेल सुरु भएको छ । महिला फुटबल, महिला क्रिकेट, आर्चरी, बिच भलिबल र ह्याण्डबल भने पोखरामा सुरु भइसकेका खेल हुन् ।

फुटबलमा आज नेपालले माल्दिभ्ससँग दिउँसो साढे १ बजे खेल्नेछ । पोखरामा नेपाली महिला फुटबल टिमले भारतसँग चार बजे प्रतिस्पर्धा गर्नेछ । दुवै टिम फाइनल पुगिसकेकाले आजको खेलको नतिजाले केही प्रभाव पार्ने छैन् ।

क्रिकेटमा आज नेपालले बंगालदेशको यु २३ टिमसँगै प्रतिस्पर्धा गर्दैछ । क्रिकेट खेल बिहान ९ः४५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । जुडो प्रतियोगिता पनि आजदेखि नै सुरु हुँदैछ ।

Logo