काठमाडौं । विश्व मार्सल आर्टस गेम्समा नेपालले दुई स्वर्ण पदक जितेको छ । क्रोएसियामा भएको प्रतियोगितामा नेपालका लागी उमा कुङफु खेलाडी कमल मगरले दुई वटा स्वर्ण पदक दिलाएका हुन् ।
कमलले किक बक्सिङ र नाइन चाकुमा स्वर्ण जितेको नेपाल उमा कुङ फु संघले जनाएको छ । कमलले थप एक कास्य पदक पनि जितेका छन् । त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कास्य जितेका थिए ।
प्रतियोगितामा विभिन्न २३ राष्ट्रका ६ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएको उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । पदक विजेता टोली बिहीबार स्वदेश फर्किएको छ ।
टोलीलाई अध्यक्ष लामासहित उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भुपेन्द्र गुरुङ, सदस्य आनन्दकुमार यादव, गुण गुरुङलगायतले स्वागत गरेका थिए ।





























प्रतिक्रिया