विश्वकप छनोट : नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य प्रस्तुत

विश्वकप छनोट : नेपालद्वारा कतारलाई १२३ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ ।

खेल अहिले चल्दैछ । नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गरेको हो । नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, बसन्त रेग्मी, अविनाष बोहरा र ललित नारायण राजवंशी छन् ।

आजको खेल निर्धारित समयभन्दा १५ मिनेट ढिलो शुरु भएको थियो । नेपालले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन जोडेपछि १२३ रनको लक्ष्य दिएको हो । खेलमा ज्ञानेन्द्र मल्ल २४ बलमा २३ रन बनाउँदै बाहिरिए भने पारस खड्का १७ बलमा २८ रन बनाउँदै आउट भए । यस्तै शरद शरद भेषावकर पनि १३ बलमा ७ रन बनाउँदै बाहिरिएका थिए ।

Logo