करणले लिए क्रिस गेलको विकेट

करणले लिए क्रिस गेलको विकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसी आबद्द पुने डेभिल्सले आबुधाबी टी-१० लिगमा हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा पुने टिम आबुधाबीसँग ५ विकेटले पराजित भएको हो । पुनेले दिएको १३० रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर करण केसीले वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई बोल्ड आउट गरेका छन् ।

यूएईमा जारी टि १० लिगमा करणले टिम आबूधाबीमा ओपनर समेत रहेका युनिभर्सल बोसका रुपमा चिनिने क्रिस गेललाई चौथो ओभरको पहिलो बलमै ९ रनमा बोल्ड आउट गरेका हुन् । करण आबद्द पुनेको यो दोस्रो हार हो । पुने पुछारमा रहेको छ ।

 

Logo