८९ रनमा नेपालले गुमायो ७ विकेट

८९ रनमा नेपालले गुमायो ७ विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले सातौँ विकेट पनि गुमाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँचौ विकेटकोरूपमा सोमपाल कामीलाई गुमाएको हो। उनी ३‍‍ बलमा २ रन जोड्दै क्याच आउट हुन पुगे

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेले ५ रन जोड्दै क्याच आउट भए। चौथो विकेटका लागि कुशल मल्लले ५ बलमा ३ रनको योगदान गरे।

पाँचौ विकेटका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ब्याटपनि चलेन। उनी ८ बलमा ५ रन जोड्दै एलबीडब्लूका शिकार भए।

ताजा अवस्थामा नेपाल ७ विकेट गुमाउँदै १५.२ ओभरमा ८९ रनमा खेलिरहेको छ।

Logo