चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

चेन्नईलाई १ रनले हराउँदै मुम्बईले जित्यो आईपीएलको उपाधि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

इन्डियन प्रिमियर लिग २०१९ को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि जितेको छ ।

चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । १५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए ।

Logo