काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकालाई चौथो विकेट गुमेको छ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्स को विकेट लिएका हुन्।
यस अगाडि दीपेन्द्रसिंह ऐरीले चौथो ओभरमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
त्यसपछि कुशल भुर्तेलले दक्षिण अफ्रिकाका कप्तान र हेनिरिच क्लासेनको विकेट दोश्रो र तेश्रो सफलता दिलाएका थिए।
दक्षिण अफ्रिका यतिबेला १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८० रनमा खेलिरहेको छ।





























प्रतिक्रिया