पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान

पौडीमा गौरिकालाई दुई स्वर्ण र दुई कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले एकै दिन दुई कीर्तिमानसहित दुईवटा स्वर्ण पदक जितेकी छिन् । उनले महिला ५० मिटर ब्याकस्ट्रोक र महिला आठ सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन् ।

नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीको निर्माण सम्पन्न नभएका कारण सुर्खेत रोडस्थित होटेल सिग्नेट इन् कृष्णामा आइतबार आयोजना गरिएको पौडी प्रतियोगितामा गौरिकाले महिला ५० मिटर ब्याकस्ट्रोकको आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् ।

उनले आइतबार निर्धारित दूरी ३०.८५ सेकेन्डमा पूरा गरिन् । यसअघि सन् २०१८ मा काठमाडौंमा आयोजना गरिएको २२ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा उनले निर्धारित दूरी ३१.२२ सेकेन्डमा पार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेकी थिइन् ।

Logo