राष्ट्रपतिले आज आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने

राष्ट्रपतिले आज आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने

केन्द्रबिन्दु
0
Shares

बाँके

आज नेपालगञ्ज रङ्गशालामा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन हुँदैछ । आज साँझ ५ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिताको उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुदमा ७ प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा एनआरएन गरी ११ टोलीका खेलाडीबीच प्रतिस्पर्धा भैरहेको छ । प्रतियोगितामा पाँच हजार २११ खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधि गरी ११ हजारको सहभागिता रहेको छ ।

Logo