साओपाउलो
ब्राजिलका महान फुटबलर पेलेको किड्नीमा रहेको पत्थरी निकाल्न शल्यक्रिया गरिएको छ । किड्नीबाट पत्थरी निकालेपछि उनको स्वास्थ्यमा सुधार भएको साओपाउलोस्थित इजरालाइट अल्बर्ट आइन्सटाइन अस्पतालका डाक्टरहरुले बताए । उनलाई छिटै अस्पतालबाट डिस्चार्ज हुने पनि जनाइएको छ ।
७८ वर्षीय जादुगरी खेलाडी पेललाई अप्रिल २ मा अस्पतालमा भर्ना गरिएको थियो । स्रोतका अनुसार फ्रान्समा भएको एक कार्यक्रमको दौरानमा उनलाई ज्वरो आएको थियो । पेले यसै वर्षमा किड्नी र प्रोस्ट्रेटको समस्याले ग्रसित भएका थिए भने उनको हिप रिप्लेसमेन्टको पनि शल्यक्रिया भएको थियो ।
उनी तीन पटक विश्वकप फुटबलको उपाधि जित्ने एक्लो खेलाडी हुन् । पेलेकै कारण उनको राष्ट्र ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । उनले अन्तर्राष्ट्रिय करिअरमा १३ सय ६३ खेलबाट १२ सय ८१ गोेल गरेका छन् ।
एजेन्सी





























प्रतिक्रिया