नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल समूह विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा

केन्द्रबिन्दु
168
Shares

घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा समूह ‘ए’को दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध २१ को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल समूहचरणमा अपराजित रह्यो । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो।

खेलको १७औँ मिनेटको तेस्रो सेकेन्डमा समीर तामाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए भने त्यसकाे १०९ सेकेन्डपछि नेपालका निराजन धामीले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

त्यसपछि ४३ औं मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायाे । नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा इस्लामले गोल गर्दै अन्तर कम पारे । खेलको दोस्रो हाफमा पनि निकै सुन्दर प्रयासहरु भए, तर थप गोल हुन सकेन ।

Logo