साफ यू-२० च्याम्पियनसिपमा आज भारत र बंगलादेश खेल्दै

साफ यू-२० च्याम्पियनसिपमा आज भारत र बंगलादेश खेल्दै

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने बताइएको छ ।

भारत समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० ले पराजित गरेको थियो । बंगलादेश समूह एको उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो ।

भारत र बंगलादेशबीच अहिलेसम्म साफ यू-२०-१९-१८ च्याम्पियनसिपमा सात पटक भेट भएको छ । भारत र बंगलादेशबीचको विजेताले बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।

Logo