छोरीको जन्मदिनमा धुर्मुस-सुन्तलीद्धारा १ लाख रुपैयाँ सहयोग

छोरीको जन्मदिनमा धुर्मुस-सुन्तलीद्धारा १ लाख रुपैयाँ सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवीद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका छन् ।

छोरी सुविहानीको जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तलीले उक्त सहयोगको घोषणा गरेका हुन् । बिहीवार बिहान एक स्टाटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले सुबिहानीको जन्मउत्सवको अवसरमा कुनै विशेष कार्यक्रम नगरी नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेको उल्लेख गरेका छन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागी सहयोग गर्न चाहन्छौ’ उनले लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ।’

उनीहरुले अहिलेसम्म पनि छोरीसँग राम्ररी समय विताउन पाएका छैनन् । यसपालि छोरीको जन्मदिनमा भने पुरै दिन छोरीसँग नै रमाउन भन्दै चितवनबाट काठमाडौं फर्किएका छन् । रङ्गशाला निर्माणको कामले चितवनमा रहेका धुर्मुस सुन्तली बुधबार बेलुकी काठमाडौँ फर्किएका हुन् ।

Logo