आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टीमा नेपालको आज कुवेतसँग खेल्दै

आईसीसी अन्डर–१९ महिला टी–ट्वान्टीमा नेपालको आज कुवेतसँग खेल्दै

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपाल ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल, कुवेत र आयोजक यूएई तथा थाइल्याण्ड सहभागी छन् ।

Logo