एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

एकदिवसीय क्रिकेटमा भारतको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा  भारतको लज्जास्पद हार भएको  छ।  हमिल्टनमा भएको खेलमा बिहीबार घरेलु टोली न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारत ९२ रनमै अलआउट भयो। रोज टेलरले ३७ र हेनरी निचोल्सले ३० रनको पारी खेल्दै १४.४ ओभरमा न्यूजिल्याण्डलाई सहज जित दिलाएका थिए। त्यसअघि मार्टिन गुप्टिल(१४) र केन विलियम्स(११)लाई भुवनेश्वर कुमारले पवेलियन फर्काएका थिए। त्यसअघि बोल्टले १० ओभरको स्पेलमा ४ ओभर मेडन राख्दै २१ रनमात्रै खर्चेर ५ विकेट लिएपछि ३०.५ ओभरमा भारत ९२ रनमा अलआउट भएको थियो। भारतका लागि यजवेन्द्र चाहालले १८, हार्दिक पाण्ड्याले १६ रन जोडे।

त्यसबाहेक रोहित शर्मा ७, शिखर धवन १३, अम्बत्ती राइडु ०, दिनेश कार्तिक ० र केदार यादव १ रनमै आउट भएका थिए। भारतले जारी न्यूजिल्याण्डविरुद्धको पाँच खेलको वान डे शृंखला यसअघि नै लगातार सुरुवाती तीन खेल जित्दै आफ्नो पक्षमा पारिसकेको छ। चौथो खेल न्यूजिल्याण्डले जितेसँग शृंखला ३-१को स्थितीमा पुगेको छ।

Logo