काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ । मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९२ रनले पराजित भएको हो।
कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकले सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको थियो । दीपेन्द्रले २४ बलमा ५७ रन बनाउँदै ३ चौका र ५ छक्का प्रहार गरे।
सुदूरपश्चिमका लागि ब्रान्डनले ३६, बिनोद भण्डारीले २३ र इशान पाण्डेले २१ रन जोडे। विराटनगरका अनिल खरेलले ३ विकेट लिए ।





























प्रतिक्रिया