एनपीएलको पहिलो खेल जनकपुर र लुम्बिनीबीच, दोस्रोमा सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएलको पहिलो खेल जनकपुर र लुम्बिनीबीच, दोस्रोमा सुदूरपश्चिम र चितवन भिड्दै

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

आइतबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुने छ । जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दै छन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल गुमाएको चितवन चार अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Logo