विराटनगरद्वारा पोखरासामु १४० रनको लक्ष्य प्रस्तुत

विराटनगरद्वारा पोखरासामु १४० रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत विराटनगरले पोखरालाई जीतका लागि १४० रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा विराटनगरले ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।

विराटनगरका लागि स्कट एडवार्डले ४५ रन बनाए भने लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाएका छन् । यस्तै बसिर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २–२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।

पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए ।

त्यसैगरी दोस्रो विकेटको रूपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भए । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।

तेस्रो विकेटका रूपमा विराटनगरका नरेन भट्ट आउट भए । दिनेश खरेलको बलमा भट्ट सागर ढकालबाट क्याच आउट भएका हुन् ।

पोखरा एभेन्जर्सविरुद्ध विराटनगरका स्कट एडवार्ड्स अर्धशतक गर्नबाट चुकेका छन्। उनी ३५ बलमा ४५ रन बनाउँदै आउट भएका हुन्। उनलाई पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आउट गरेका हुन् । उनी एनपिएल खेल्न हिजो मात्र नेपाल आएका थिए।

Logo