जनकपुरविरुद्ध सुदूरपश्चिमको लगातार विकेट पतन, विनोद पनि आउट

जनकपुरविरुद्ध सुदूरपश्चिमको लगातार विकेट पतन, विनोद पनि आउट

केन्द्रबिन्दु
102
Shares

नेपाल प्रिमियर लिग (एनपीएल)को आज जारी फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १२.१ ओभरमा ओपनर विनोद भण्डारी ४१ रन बनाएर आउट भएका हुन् । उनी ललित राजवंशीको बलमा आउट भएका हुन् । यसअघि ११.६ ओभरमा ११७ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ६९ रन बनाएर ओपनर शेफ जैब आउट भएका हुन् । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । किशोर महत्तोले उनको विकेट लिएका हुन् । पहिलो विकेटका लागि भएको यो साझेदारी अहिलेसम्मकै उच्च हो ।

सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख प्राप्त गर्नेछन् । साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।

जारी प्रतियोगितामा दुवै टोली दुई पटक एकापसमा भिडिसकेका छन् । जसमा दुवै पटक जनकपुर बोल्ट्समाथि सुदूरपश्चिम रोयल्स हावी भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा जनकपुर आठ विकेटले पराजित भएको थियो ।

Logo