काठमाडौं । नेपाल महिला रग्बी क्लवको आयोजनामा राष्ट्रिय यु—२० महिना रग्बी सेभेन्स च्याम्पियनसिप २०२५ हुँदैछ । यहि फागुन ६ र ७ गते हुने प्रतियोगितामा ६ प्रदेश र दुई क्लब गरी ८ वटा टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश तथा आयोजक टिम नेपाल महिला रग्बी क्लव र हिमालय टाइगर गरी ८ वटा क्लबहरु सहभागी हुने आयोजक क्लबले जानकारी दिएको हो ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल सहित ५० हजार नगद र उपविजेता टिमलाई ट्रफि, मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी गरिएको छ । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफिले सम्मानित गरिनेछ भने सहभागी सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खाना खाजा र बसोबासको व्यवस्था गरेको छ । नेपाल महिला रग्बी क्लवले पहिलो पटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको छ ।
कार्यक्रमको मुख्य उदेश्य राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने १०औं खेलकुदलाई टेवा पुग्ने र सातै प्रदेशमा महिला खेलाडिहरुको टिम उत्पादन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरेका बताएका छन् ।































प्रतिक्रिया