काठमाडौं । न्युजिल्याण्डका वील योङले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
कराँचीस्थित नेशनल बैंक स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको न्युजिल्याण्डका लागि योङले ५६ बलमा ५ चौका र एक छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् । यो नवौं संस्करणको प्रतियोगितामा पहिलो अर्धशतक हो । हाल न्युजिल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा ७७ रन बनाएर खेलिरहेको छ ।
यसअघि पहिलो विकेटका रुपमा डेभोन कन्वे १० रनमा आउट हुँदा केन विलियम्सन एक रनमै पवेलियन फर्किएका थिए । त्यसैगरी ड्रयाल मिचेल पनि १० रनमै समेटिए ।
आईसीसीको ‘मिनी विश्वकप’ पनि भनिने यस प्रतियोगितामा सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र सहिभागी छन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड रहेका छन् भने अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा छन् ।
आयोजक पाकिस्तान साविक विजेता समेत हो ।





























प्रतिक्रिया