पाकिस्तानविरुद्ध न्युजिल्याण्डका योङद्वारा सानदार शतक प्रहार

पाकिस्तानविरुद्ध न्युजिल्याण्डका योङद्वारा सानदार शतक प्रहार

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । न्युजिल्याण्डका वील योङले च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।

कराँचीस्थित नेशनल बैंक स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको न्युजिल्याण्डका लागि योङले १०७ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा उनले ११ चौका र एक छक्का प्रहार गरे । यो नवौं संस्करणको प्रतियोगितामा पहिलो शतक हो ।

हाल न्युजिल्याण्डले ३४ ओभरमा ३ विकेटको क्षतिमा १७३ रन बनाएर ठूलो योगफलतर्फ लम्किरहेको छ । योङलाई टम लाथमले क्रिजमा साथ दिइरहेका छन् । उनी पनि अर्धशतक नजिक छन् ।

यसअघि पहिलो विकेटका रुपमा डेभोन कन्वे १० रनमा आउट हुँदा केन विलियम्सन एक रनमै पवेलियन फर्किएका थिए । त्यसैगरी ड्रयाल मिचेल पनि १० रनमै समेटिए ।

Logo