इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । सिटीलाई हराउन एङगोले कान्टे र डेभिड लुइजले एक- एक गोल गरे।
प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा कान्टेले गोल गर्दै सुरूवाती अग्रता बनायो। पहिलो हाफमा १-० ले अघि रहेको चेल्सीले ७८औं मिनेटमा अग्रता दोब्बर पार्यो। इडेन हजार्डकै कर्नरमा डेभिड लुइजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए।
हारसँगै म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
प्रिमियर लिग फुटबलकै अन्य खेलमा आर्सनलले हडर्सफिल्ड टाउनलाई १–० ले हराउँदा म्यान्चेस्टर युनाईटेडले फुल्हमलाई ४–१ ले तथा टोटनह्याम हट्सपरले लेष्टर सिटीलाई २–० ले हराए । वेष्ट ह्याम युनाईटेडले क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकाल्दा बर्न्लेले ब्राईटनलाई तथा कार्डिफ सिटीले साउथह्याम्पटनलाई १–० ले हराएका छन् ।





























प्रतिक्रिया