रग्बी विश्वकपको ट्रफी नेपालमा : आज टुँडिखेलमा प्रदर्शनी गरिने

रग्बी विश्वकपको ट्रफी नेपालमा : आज टुँडिखेलमा प्रदर्शनी गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रग्बी विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । ‘वल्ड ट्रफ्री टुर’ मा रहेको ट्रफीलाई नेपाल रग्बी सङ्घको समन्वयमा नेपाल ल्याइएको हो ।

ट्रफीलार्इ विश्व सम्पदामा सूचिकृत पाटन दरबार, स्वयम्भूनाथ, पशुपतिनाथ र बौद्ध स्तुपामा सार्वजनिक गरिएको सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।

ट्रफी शनिबार (आज) टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलमा प्रदर्शनी गरिनेछ । रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । एशियामा पहिलोपटक आयोजना गरिन लागिएको विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने छन् ।

Logo