लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । वायर लिभरकुसेनलाई हराउँदै वायर्न म्युनिख युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

दोस्रो चरणको पहिलो लेगमा ३(० को सफलता पाएको म्युनिखले दोस्रो लेगमा २-० ले जित निकालेको हो।

म्युनिखलाई सुरुवाती अग्रता ५२ औँ मिनेटमा कप्तान हेरी केनले गोल गरे। यस सिजनका यो उनको १० औँ युरोपेली गोल हो। ७१ औँ मिनेटमा केनकै पासमा अल्फान्सो डेभिसले अर्को गोल गरे। यस सिजनको युरोपेली च्याम्पियन्स लिगमा म्युनिखले खराब सुरुवात गरेको थियो।

पहिलो चरणको सुरुकै तीन खेलमा म्युनिखले २ हारको सामना गरेको थियो। वायरनले क्वार्टरफाइनलमा इन्टरमिलानको सामना गर्ने छ।

Logo