सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दोश्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले एपीएफको हलचोक मैदानमा च्यासल क्लबलाई १–० ले पराजित गरेको हो।
पहिलो हाफको २७ औं मिनेटमा आर्मीका लागि विकास खवासले सुरुवाती गोल गरेका थिए। अन्ततः सोहि गोल खेलमा निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच आर्मीका गोल रक्षक विकेश कुथु घोषित भए ।
यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको थियो।





























प्रतिक्रिया