काठमाडौं । पन्जाब किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोमान्चक जित दर्ता गरेको छ । ‘लो स्कोरिङ’ खेलमा पन्जाबसँग कोलकाता नाइट राइडर्स १६ रनले स्तब्ध भएको हो ।
पन्जाबले जितको लागि दिएको ११२ रनको सहज लक्ष्य पछाउने क्रममा कोलकाता १५.१ओभरमा मात्र ९५ रनमै अलआउट भयो। आईपीएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो।
कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान अजिन्के रहाने र आन्द्रे रसेलले समान १७ रन जोडे ।
पन्जाबका लागि युजबेन्द्र चहलले ४ विकेट तथा मार्की जानसेनले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५.३ बलमा १११ रन बनाएको थियो । उसका लागि प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे । सशांक सिंहले १८ रन र नेहाल वादेराले १० रन बनाए। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
कोलकाताका हर्षित रानाले ३ विकेट लिए ।





























प्रतिक्रिया