वर्षाका कारण नेपाल र अफगानिस्तानकाे खेल धकेलियो

वर्षाका कारण नेपाल र अफगानिस्तानकाे खेल धकेलियो

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटको निर्णायक खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् ।

खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुने तय भएको थियो तर, वर्षाका कारण खेल धकेलिएको छ । हाल वर्षा रोकिएको र मैदानलाई ढाकिएको पाल निकालिँदैछ ।

नेटरनरेटका कारण अफगानिस्तान भन्दा पछि रहेको नेपाललाई आज जित्नै पर्ने दबाब । यस खेल जित्ने टोली आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । यसअघिका तीन खेलमा दुवै टोली अपराजित छन् ।

तर, आज बिहानैदेखि काठमाडौं उपत्यकामा भएको वर्षाले खेल विथोल्ने जोखिम छ । आजको खेल वर्षाले रद्द भए रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

Logo