इङ्लिस प्रिमियर लिगको आइतबार राती भएको खेलमा साउथह्याम्पटनमाथि सानदार जित हात पर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । म्यानचेस्टरको ६–१ को विजय हासिल गरेको हो ।
वेस्ले होडको आत्मघाती गोलबाट छैटौं मिनेटमा अग्रता लिएको सिटीले १२औं मिनेटमा सर्जियो अग्विरोको गोलबाट अग्रता दोब्बर बनायो । त्यसको ६ मिनेटपछि डेभिड सिल्भाले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका स्टर्लिङले ६७औं मिनेटमा अर्को गोल थपे । इन्जुरी समयमा लोरी सानले गोल गरे । ३०औं मिनेटमा ड्यानी इङ्सले पेनाल्टीबाट गरेको गोल साउथह्याम्पटनका लागि सान्त्वना बन्यो । दुई गोल आफै गरेका स्टर्लिङले साने र अग्विरोलाई गोलको अवसर सिर्जना गरिदिएका थिए ।
११ खेलबाट २९ अंक जोडेको सिटीले लिभरपुललाई पछि पारेको छ । २७ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा झरेको छ । आइतबार राती नै क्रिष्टल प्यालेसलाई ३–१ ले हराएको चेल्सी दोस्रो स्थानमा छ । लिभरपुल र चेल्सीको समान अंक भए पनि गोलअन्तरमा चेल्सी स्रो स्थानमा रहेको छ ।
२००४ अप्रिलमा जितेपछि साउथह्याम्पटनले इतिहाद रंगशालामा विजयी नतिजा निकाल्न सकेको छैन । अग्विरोले प्रिमियर लिगको २ सय १७ खेलमा १ सय ५० गोल गरे । ११ खेलबाट ७ अंक जोडेको साउथह्याम्पटन रेलिगेशनबाट बच्न संघर्ष गरिरहको छ ।





























प्रतिक्रिया