अल-अहली साउदीले जित्यो एएफसी च्याम्पियन्स लिगको उपाधि

अल-अहली साउदीले जित्यो एएफसी च्याम्पियन्स लिगको उपाधि

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । साउदी अरेबियन क्लब अल-अहली साउदीले एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति जेद्दाहमा भएको फाइनल खेलमा जापानीज क्लब कावासाकीलाई २-० ले पराजित गर्दै उपाधि उचालेको हो ।

अल-अहलीको जितमा ब्राजिलियन खेलाडी गालेनोले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरे। त्यसपछि पहिलो हाफको अन्तिमतिर ४२औँ मिनेटमा फ्रान्क केस्सीले अर्को गोल थप्दै अल-अहलीको जित सुनिश्चित गरे।

यसअघि सेमिफाइनलमा अल-अहलीले अर्काे साउदी क्लब अल हिलाललाई र कावासाकीले अल नासरलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

Logo