अल अख्दौदको पोष्टमा अल-नासरको ९ गोल, माने एक्लैले गरे ४ गोल

अल अख्दौदको पोष्टमा अल-नासरको ९ गोल, माने एक्लैले गरे ४ गोल

केन्द्रबिन्दु
60
Shares

काठमाडाैं । साउदी प्रो लिगमा अल-नासरले अल अख्दौदलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति भएको खेलमा अल-नासरले ९-० को जित निकालेकाे हेा।

अल-नासरका लागि साडियो मानेले ह्याट्रिकसहित चार गाेल गरे। उनले ४५+६ मिनेट (पेनाल्टी), ५९ मिनेट, ६४ मिनेट र ७४ मिनेटमा गोल गरे।

यसैगरी आयमान याह्या (१६ मिनेट), झोन डुरान (२० मिनेट, ५२ मिनेट), मार्सेलो ब्रोजोभिक (२७ मिनेट) र मोहम्मद मारान (९०+४ मिनेट, पेनाल्टी) रहेका थिए।

अल अख्दौदका पाउलो भिटोरले ४७औं मिनेटमा रातो कार्ड पाएका थिए। आजकाे खेलमा क्रिस्टियानो रोनाल्डो सहभागी थिएनन् ।

यो जितपछि अल-नासर लिगको शीर्ष तीनमा पकड जमायन सफल भएकाे छ । अल-नासरकाे ३१ खेलमा ६३ अंक छ । अल-इत्तिहाद ७४ अंकसहित शीर्ष र अल हिलाल ६८ अंकसहित दाेस्रेा स्थानमा रहेकेा छ ।

Logo