काठमाडाैं । बोका जुनियर्स र बेन्फिकाले फिफा क्लब विश्वकपमा २-२ को रोमाञ्चक बराबरी खेलेका छन्।
समूह ‘सी’ अन्तर्गत बोका जुनियर्सले खेलको उत्कृष्ट सुरुवात गरेकाे थियाे । मिगेल मेरेन्टियलले २१ औं मिनेटमा गोल गरे भने त्यसको लगत्तै २७ औं मिनेटमा रोड्रिगो बटाग्लियाले गोल गर्दै अर्जेन्टिनी टोलीलाई दुई गोलको अग्रता दिलाए।
पहिलो हाफ सकिनुअघि एन्जल डी मारियाले ४५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्फिकाको लागि गोल अन्तर घटाए। निकोलस ओटामेन्डीले ८४ औं मिनेटमा गोल गर्दै पोर्चुगिज टोलीका लागि अंक बाँडे।
याे खेल पनि तनावपूर्ण रह्याे । बोका जुनियर्सका एण्डर हेरेराले ४५ औं मिनेटमा रातो कार्ड पाएका थिए । बोका जुनियर्सका जर्ज फिगालले ८८ औं मिनेटमा दाेहाेराे पहेँलो कार्ड पाएका थिए भने बेनफिकाका आन्द्रेया बेलोटीले ७२ औं मिनेटमा दाेहाेराे पहेँलो कार्ड पाएका थिए।





























प्रतिक्रिया