दोहा
सडक बाटोमा जीपीएस नेभिगेसन प्रणालीले काम नगर्न सक्ला । यो शहर घुम्दा स्क्रीनमा देखिने हरियो सडक रेखा आपसमा अमिल्दोसँग गाभिदा झुक्याउन पनि सक्छ । अनि रोबोर्टले दिने निर्देशनले त झनै झुक्याउन सक्छ ।
मरुभूमिको देश कतारलाई आगामी विश्वकपका लागि हराभरा बनाइदैछ । आधुनिक प्रविधिको प्रयोग गरिएपनि ढंग पुर्याइएको छैन । सन् २०२२ को विश्वकप फुटबल आयोजनाको तयारीमा जुटिरहेको कतारले मरुभूमिमा पनि हरियाली फलाउँदैछ र आधुनिक प्रविधि उपयोगिताको संयोजन गरि विश्वको ध्यान आकृष्ट गर्न अहोरात्र खटिरहेको छ ।
खनिज इन्धनमा धनी यो राष्ट्रले गएको २ दशक देखि समृद्धि यात्रालाई तीव्र पारेको छ । चार वर्षपछि हुने फु्टबल महाकुम्भमा समृद्धियात्राको स्वाद विश्व जगतलाई पस्कन उसले कम्मर कसेको छ । घना शहर, त्यहाँ भित्रका गगनचुम्बी भवन र शहरी व्यवस्थापनले मानव र मेसिनको उत्कृष्ट संयोजनका प्रमाणहरू पेस गरिरहेको छ ।
अबको चार वर्ष वास्तवमा कतारले विश्व समुदायको ध्यान खिचिरहने छ । करिब २६ लाख जनसंख्या रहेको कतारले सन् २०२२ मा १५ लाख अन्तर्राष्ट्रिय आगन्तुकलाई आतिथ्य दिने लक्ष्यका साथ अघि बढिरहेको छ ।
रुसले आयोजना गरेको विश्वकप आइतवार समापनसँगै अव इस्लाम मुलुक कतारले थुप्रै प्रश्नको सामना गर्नु पर्नेछ । कतार अझै कति रूपान्तरण होला ? विश्वकप फुटबलका दर्शकले चाहेको वातावरण सृजना गर्न कतारी समाजले आवश्यक लचकता अपनाउन सक्ला ? विश्वकप आयोजनाको जिम्मेवारी पाउने समयमा विश्व समुदायले शंका गरेका मानव अधिकारका सवाललाई कसरी सन्तुष्ट गराउला ? भन्ने प्रश्न कतार सामु छन् ।
पूर्वाधार विकासमा कतारले जवाफ दिएकै छ । सडक सञ्जाल विस्तार, सार्वजनिक यातायात, सपिङ मल, रंगशाला निर्माण र विस्तारका लागि कतारले विश्वभरबाट हजारौं श्रमिकलाई आवद्ध गरिरहेको छ । घाँस र ठूला ठूला रुख मरुभूमिमा लहलहाउन थालेका छन् । ‘परिवर्तन हरेक दिन भइरहेको छ,’ खलिफा रंगशालाका व्यवस्थापक महमद अहमेद भन्छन्, ‘वास्तवमा देश नै बृहत लक्ष्यका लागि केन्द्रित भएको छ ।’
नागरिकबाट





























प्रतिक्रिया