३ साउदी खेलाडीलाई सजाँय हुने

३ साउदी खेलाडीलाई सजाँय हुने

केन्द्रबिन्दु
0
Shares

बिश्वकपको उद्घाटन खेलमा आयोजक रसियासंग ५–० गोलले पराजित भएको साउदी अरेबियाका ३ जना खेलाडीहरुलाई सजाँय हुने भएको छ ।

साउदी अरेबियाको फुटबल एसोसिएसनका प्रमुख अदेल इज्जातले उक्त नतिजा पछि प्रतिक्रिया दिदैं विश्वकपमा साउदीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको जनाए । साउदीको यो असफलतामा तिन जना खेलाडीहरु मुख्य रुपमा जिम्मेवार रहेको कारण उनीहरु स्वदेश फर्किएपछि उनीहरुलाई सजाँय हुने बताए ।

साउदी पत्रिका अल योयुम असाब्बालाई अन्तवार्ता दिदै प्रमुख आदेलले भने यो नतिजा साउदीले सोच्नै नसक्ने किसिमले आएको छ । यो खेल साउदीको खेल स्तर भन्दा निकै नै कमजोर देखियो । उनका अनुसार साउदी आएपछि सजाँय पाउनेमा गोलकिपर अब्दुल्ला अल मायुफ, स्ट्राइकर मोहम्मद अल सहलाबी र डिफेण्डर ओमर हउसाबी रहेका छन् । आदेलका अनुसार उनीहरुलाई दिईने सजाँय कस्तो किसिमको हुने भन्ने कुरा भने खुलाएका छैनन् ।

फुटबल एसोसिएसनका अध्यक्ष आदेलले गरेको निर्णयलाई साउदीकै स्थानिय खेल विभागका प्रमुख तुर्कि बिन अब्दुलमोहसिन हल सिखले पनि समर्थन गरेका छन् । विभाग प्रमुख तुर्किले ट्विटरमा भिडियो पोष्ट गर्दै उक्त खेल अकल्पनिय रुपमा लज्जास्पद रहेको बताए । उनीहरुको कारण हामीहरुको अनुहार अध्यारो भएको छ ।

हामीले यसपटक साउदी अरेबियाको टिमको प्रदर्शन राम्रो होस् भनेर प्राविधिक सहयोग देखि उच्चस्तरको प्रशिक्षण दिएर उनीहरुलाई तिन बर्षको तलब समेत दिएका थियौं । हामीले उनीहरुको मनोबल बढेस् भनेर गरेका सबै किसिमका सहयोगहरु निरर्थक भयो । हामीले उनीहरुसंग राखेको आशा अनुसार ५ प्रतिशत पनि प्रदर्शन गर्न सकेनन् ।

कुनै पनि चर्चित खेलाडी नरहेको टिमसंग त साउदी अरेबियाले लज्जाजनक हार ब्योहर्यो भने समूह एमै रहेको लुईस स्वारेजको उरुग्बे र मोहम्मद सलाहको इजिप्टसंगको खेलमा साउदी टिमको प्रदर्शन झनै फितलो हुने अनुमान गरिएको छ ।

साउदीका तिन खेलाडीलाई सजाँय हुने बताएपनि कस्तो किसिमको सजाँय हुने भने खुलाईएको छैन । उद्घाटन खेलमै साउदीका राजकुमार हेर्न गएको हुनाले यो खेललाई साउदी सरकारले पनि बिशेष चासोको रुपमा लिएको थियो । फिफाको वरियताक्रममा आफु भन्दा तल रहेको रसियासंग भोगेको पराजय साउदी सरकारलाई अकल्पनिय रहेको देखिन्छ । तर साउदी राजकुमारले महिलाहरुलाई पनि रंगशालामा गएर फुटबल हेर्न छुट दिएको कारण उनलाई खेलकुदको क्षेत्रमा उदार राजघराना पनि मानिन्छ । यस्तो अवस्थामा सम्भवत उनले नै खेलाडीहरुलाई दिने भनिएको सजाँयलाई कटौती पनि गर्न सक्छन् । अर्को रुपमा हेर्ने हो भने साउदी अरेबिया नियम कानूनको क्षेत्रमा अन्य मुलुक भन्दा कडा पनि रहेको छ ।

Logo